कागेश्वरी मनोहरा नगरपालिकाका अध्यक्ष भीमसेन थापाको निधन
काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका सातका वडाध्यक्ष भीमसेन थापाको निधन भएको छ ।
उनको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले बताएका छन ।
वडाध्यक्ष थापाको निधनमा नगरपालिकाले शोक विज्ञप्ति जारी गरी पालिकाअन्तर्गतका वडा कार्यालय, अत्यावश्यक सेवाबाहेकका स्वास्थ्य संस्था, आयुर्वेद औषधालय, संस्थागत तथा सामुदायिक विद्यालयमा आज बिदा दिएको जनाएको छ ।
