नाइटक्लबमा सिलिन्डर विस्फोट हुँदा २३ जनाको मृत्यु, मृतक अधिकांश क्लबका कर्मचारी

 नाइटक्लबमा सिलिन्डर विस्फोट हुँदा २३ जनाको मृत्यु, मृतक अधिकांश क्लबका कर्मचारी

काठमाडौँ। भारतको तटीय क्षेत्र गोवास्थित एक प्रसिद्ध नाइट क्लबमा आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश मृत्यु भएका कर्मचारीहरू भएको अनुमान छ। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो लागेको प्रहरीले जनाएको छ ।

गोवाका प्रहरी महानिर्देशक आलोक कुमारले आगलागी मुख्यतया भुइँ तल्लाको भान्सा क्षेत्रमा भएको र यसलाई नियन्त्रणमा लिएको बताएका छन्। अधिकांश शवहरू भान्सा वरपर फेला परेका ती क्लबका कर्मचारी रहेको हुन सक्ने बताए। द इन्डियन एक्सप्रेसका अनुसार उक्त आगलागी तटीय क्षेत्रको सबैभन्दा लोकप्रिय समुद्र तटमध्ये एक बागामा रहेको ‘बर्च बाई रोमियो लेन’ नामक क्लबमा भएको थियो।

मुख्यमन्त्री प्रमोद सावन्तले पत्रकारहरूलाई बताए अनुसार तीन जनाको जलेर र अरूको निसास्सिएर मृत्यु भएको छ। उनले तीन वा चार पर्यटकहरूको मृत्यु भएको जानकारी दिए, जसको उमेर र राष्ट्रियता अझै खुल्न सकेको छैन।

आगलागीको कारण पत्ता लगाउन औपचारिक अनुसन्धान सुरु गरिएको मुख्यमन्त्री सावन्तले बताएका छन ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *