महिनामै दुई पटक बढ्यो अण्डाको मूल्य

 महिनामै दुई पटक बढ्यो अण्डाको मूल्य

काठमाडौँ । अण्डाको भाउ फेरि बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले भोलि मंगलबारदेखि लागु हुने गरी भाउ बढाउने निर्णय गरेको हो ।

संघले १३ मंसिरमा अन्डाको भाउ बढाएको फेरि प्रतिगोटा २० रुपैयाँ बढाएर नयाँ मूल्य सार्वजनिक गरेको छ । मूल्य बढेसँगै सबैभन्दा ठुलो अन्डाको भाउ प्रतिक्रेट ५ सय ८० रुपैयाँ पुगेको छ । यस्तै ठुलो अन्डाको भाउ प्रतिक्रेट ५ सय ६५ रुपैयाँ पुगेको छ ।

मध्यम अन्डाको भाउ प्रतिक्रेट ५ सय ५० रुपैयाँ तोकिएको छ । संघका अनुसार १३ मंसिरमा सबैभन्दा ठुलो अन्डा प्रतिक्रेट ५ सय ६०, ठुलो अन्डा प्रतिक्रेट ५ सय ४५ र मध्यम अन्डा प्रतिक्रेट ५ सय ३० रुपैयाँ थियो ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *