एनपीएल: फाइनलमा पुग्न सुदूरपश्चिम र विराटनगर आमनेसामने हुदैँ
काठमाडौं ।नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको पहिलो क्वालिफायरमा आज(मङ्गलबार) साविक उपविजेता सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स खेल्दै छन ।
खेल त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलबार दिउँसो ४ बजेदेखि शुरु हुँदैछ । सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदानमा हुनेछ भने विराटनगर सन्दीप लामिछानेको कप्तानीमा रहेको छ ।
आजको विजेता टोली फाइनलमा प्रवेश गर्नेछ । त्यस्तै, क्वालिफायरमा पराजित हुने टोलीले इलिमिनेटर खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । इलिमिनेटरमा काठमाण्डु र लुम्बिनी भिड्दैछन् ।
