सामान्य अंकले घट्यो नेप्से

 सामान्य अंकले घट्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको चौथो कारोबार दिन बुधबार (आज) सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ७.८६ अंकले घटेर २ हजार ६०६.२० विन्दुमा बन्द भएको हो।

आज ८६ लाख ४७ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ३ अर्ब ७३ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज ८० कम्पनीको शेयर मूल्य बढेको छ भने १६९ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

त्यस्तै, स्वस्तिक लघुवित्त र मुक्तिनाथ कृषि कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार श्रीनगर एग्रिटेकको भएको छ । कम्पनीको मात्र २६ करोड ३९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *