एनपिएल: काठमान्डुलाई ४ विकेटले हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटर चरणमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।
लुम्बिनीले फाइनल प्रवेशका लागि भोली विराटनगर किंग्सको सामना गर्ने छ। पराजित लुम्बिनी चौंथो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरियो।
दोस्रो क्वालिफायर पुग्नका लागि निर्णायक मानिएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डु ५ बल बाँकी हुँदै १ सय ११ रन जोड्दा अलआउट भएको थियो। जवाफमा उक्त लक्ष्य लुम्बिनीले १७।४ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो।
१ सय १२ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनिले उक्त लक्ष्य १४ बल बाँकी हुदै भेटाउने क्रममा ड्यार्सी सर्टले ३३ रन बनाएका थिए भने कप्तान रोहित पौडेलले १८ तथा सन्दीप जोराले २३ रन बनाए। त्यस्तै निरोसन डिकवेला १४ रन बनाए। काठमान्डुका लागि सन्तोष यादवले २ विकेट लिंदा करण केसी, सन्नी पटेल, साहब आलम र रसिद खानले १–१ विकेट लिए पनि टिमको हार टार्न पर्याप्त भएन।
त्यसअघि पहिले ब्याटिङ गरेको काठमान्डुले १९।१ ओभरमा अलआउट हुँदै १ सय ११ रन जोडेको थियो। उसका लागि मोहमम्द आदिल आलम र जोन सिम्पसनले १८–१८ रन बनाउँदा सन्तोष यादवले १० रन बनाए। यी दुइ बाहेक भिम सार्कीको १४ रन र सन्तोष यादवको २३ रन बनाउनु सर्वाधिक रनका रुपमा रह्यो। काठमान्डुलाई सस्तैमा समेट्ने क्रममा सेर मल्ल र रोहित पौडेलले ३९३ विकेट लिंदा रुवेन ट्रम्पलमेनले २ तथा अभिषेस गौतमले १ विकेट लिए।
