नवनियुक्त चार मन्त्रीले आज सपथ लिंदै

 नवनियुक्त चार मन्त्रीले आज सपथ लिंदै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । नियुक्त मन्त्रीको दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ हुने भएको छ ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार मन्त्रीमा  कुमार इङनाम, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठ छन् ।

चौलागाईं नेपाली कांग्रेसको अपाङ्ग संघका अध्यक्ष हुन् । भण्डारी नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक हुन् भने श्रेष्ठ पर्यटन बोर्डकी पूर्व कर्मचारी हुन् ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *