पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, आठ घाइते

 पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, आठ घाइते

काठमाडौँ। पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप आज दुर्घटनामा परेको हो । दुर्घटनामा जिपमा सवार तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयकाले जनाएको छ । प्रहरीको अनुसार मृतक तीनै जनाको पहिचान खुल्न सकेको छैन ।

दुर्घटनामा आठ जना घाइते भएको प्रहरीले बताएको छ । घाइतेको उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल पूर्वी नवलपरासी पठाएको छ । दुर्घटनाको के कारणले भएको खुल्न सकेको छैन ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *