निर्वाचन गरेर देशलाई संकटबाट निकास दिनुपर्छ: राष्ट्रपति पौडेल

 निर्वाचन गरेर देशलाई संकटबाट निकास दिनुपर्छ: राष्ट्रपति पौडेल

काठमाडौँ, १६ भदौ : राष्ट्रपति पौडेल-सम्बोधन राष्ट्रपति रामचन्द्र पौडेल नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार आयोजित पुरस्कार समर्पण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ/रासस

 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न निर्वाचन निर्वाधरुपमा सम्पन्न गरी अहिलेको अवस्थालाई सहज रुपमा निकास दिन आवश्यक रहेको बताएका छन् ।

शुक्रबार शीतल निवासमा नेपाल प्रजातन्त्र सेनानी सङ्घका पदाधिकारीहरूसँगको भेटमा राष्ट्रपति पौडेलले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै मुलुकको विकासका लागि तोकिएको समयमा निर्वाचन गरि अहिलेको अवस्थालाई सहज रुपमा निकास दिन आवश्यक रहेको बताए ।

उनले भ्रष्टाचारको अन्त्य गरी सुशासनका माध्यमबाट मुलुकको विकास गर्ने तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्नुपर्ने आजको आवश्यकता भएको उल्लेख गरे । युवा पुस्ताको चाहना पनि यही नै भएको पौडेलले बताए ।

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि प्रजातन्त्रका सेनानीहरूको खबरदारी र योगदानको आज पनि उत्तिकै खाँचो रहेको बताएका छन् ।

 

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *