एमालेको महाधिवेशनमा ९० विद्युतीय भोटिङ मसिन प्रयोग गर्दै
काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशनको निर्वाचनमा नेपालमै उत्पादित ८० विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने भएको छ । १० विद्युतीय भोटिङ मेसिन ‘ब्याकअप’मा राखिने भएको छ ।
एमालेले बिहीबार विद्युतीय भोटिङ मेसिन राम-लक्ष्मण ग्रुप अन्तर्गतको ब्यालट सोलुसन प्रालिसँग सम्झौता गरेको छ । विद्युतीय भोटिङ मेसिन अहिले एमाले पार्टी कार्यालय च्यासलमा नमुना भोटिङका लागि राखिएको छ ।
विद्युतीय भोटिङ मेसिनका निर्माणकर्ता लक्ष्मण रिमालले प्रशिक्षणस्वरूप भोटिङका लागि भोटिङ मेसिन अहिले च्यासलमा राखिएको जानकारी दिए ।
एमालेको महाधिवेशन भोलि (शनिबार)बाट सुरु हुँदै छ ।
