कठघरा कार्यक्रम हिमालय टेलिभिजनबाट बुधबार साँझ प्रशारण हुने
काठमाडौँ । टेलिभिजन कार्यक्रम ‘कठघरा’ हरेक बुधबार साँझ प्रशारण हुने भएको छ। काठमाडौँमा मंगलबार दिउँसो पत्रकार सम्मेलन गर्दै निर्माण टिमले आधिकारिक जानकारी दिएको हो।
गहिरो बहस, तर्क र सशक्त संवादको वातावरण सिर्जना गर्ने उद्देश्यसहित कार्यक्रम ‘कठघरा’ आउन लागेको निर्मता थम्मन कुमार भण्डारीले बताएकाल छन।
‘मूनलाइट मोसन पिक्चर्स’ले प्रस्तुत गर्ने टेलिभिजन कार्यक्रमले सार्वजनिक उत्तरदायित्व खुला संवाद र प्रत्यक्ष जवाफदेहितालाई केन्द्रमा राख्न खोजेको भण्डारीले जनाएका छन।
कार्यक्रमको पहिलो सिजनमा १८ वटा भाग रहेका छन्। राजनीतिक, सामाजिक तथा कला क्षेत्रमा विशिष्ट योगदान र ख्याति कमाएका व्यक्तित्वलाई ‘कठघरा’मा उभ्याउनेछ। यहाँ पाहुनाहरूका जीवन, विचार, योगदान र विवादसम्मलाई खुलेर प्रस्तुत गरिनेछ।
‘आउँदै गरेको निर्वाचन तथा पछिल्लो समय युवा पुस्ता तथा जेन जी आवाज र आन्दोलनले पारदर्शिता र जवाफदेहिताको माग तीब्र बनाइरहेका बेला कठघरा सार्वजनिक जीवनमा रहेका सबै व्यक्तिहरू जनताप्रति उत्तरदायी हुनै पर्छ भन्ने विश्वासबाट जन्मिएको कार्यक्रम हो,’ निर्माता भण्डारीले भने, ‘कठघरा जनताको अदालत हो – जहाँ राजनीति प्रशासन नीति निर्माण शक्ति र लोकप्रियतासँग जोडिएका व्यक्तिहरूले आफूमाथि लागेको आरोप विवाद र गम्भीर प्रश्नहरूको प्रत्यक्ष रूपमा सामना गर्नेछन्।’
कार्यक्रमको उद्देश्य व्यक्तित्वका उपलब्धि मात्र नभई उनीहरूको सार्वजनिक जीवनसँग गाँसिएका प्रश्न र आलोचनाहरूसमेत निर्भीक ढङ्गले उजागर गर्ने बताए कार्यक्रम प्रस्तोता टीकाराम यात्रीले। पत्रकारिताका २५ वर्षे अनुभवबाट ‘कठघरा’ मा नयाँ काम दिन खोजेको बताउने यात्रीले भने,’कठघरा मेरा लागि पत्रकारिताको नयाँ अध्यायको सिकाई भएको छ।’
उनका अनुसार कठघरा जनताको अदालत हो- जहाँ राजनीति प्रशासन नीति निर्माण शक्ति र लोकप्रियतासँग जोडिएका व्यक्तिहरूले आफूमाथि लागेको आरोप विवाद र गम्भीर प्रश्नहरूको प्रत्यक्ष रुपमा सामना गर्नेछन्।
न्यायधिशका भूमिकामा देखिएकी छन् कलाकार मिथिला शर्मा। कठघरामा उभिने पात्रबिच हुने संवादलाई निष्पक्ष विवेक र मर्यादामा राख्ने विश्वास निर्माण टिमले बताएको छ। विभिन्न पात्रको चरित्र निर्माण गर्दै आएकी शर्माले भनिन्, ‘विभिन्न चरित्र निर्भाह गरेँ तर कठघराको न्यायधिश पात्रको चरित्रले मलाई मैले चिन्न पाएँ। यो मेरा लागि विल्कुल नयाँ अनुभव हो।’
कार्यक्रमको निर्देशन भने अमन प्रताप अधिकारीले गरेका छन्। ‘हिमालय रोडिज’,’को बन्छ करोडपति,’ ‘ऐना’, ‘कृपा अनप्लग्ड’ जस्ता चर्चित कार्यक्रम निर्देशन गरेर ख्याती कमाएका अधिकारी पछिल्लो समय कविता रियालिटी शो ‘पोएट आइडल’का निर्देशकका रूपमा सक्रिय छन्।
कार्यक्रमका निर्माता सन्तोष भण्डारी रहेका छन्। उनले यो कार्यक्रमलाई दर्शकसम्म शक्तिशाली प्रस्तुतिका साथ पुर्याउने विश्वास व्यक्त गरेका छन्। कजरिया टायल्सको प्रस्तूति रहने ‘कठघरा’ टेलिभिजन कार्यक्रम मनोरञ्जन मात्रै नभएर सामाजिक सचेतना र बहसका लागि कठघरा अझै प्रभावकारी हुने निर्माण टिमले दावी गरेको छ।
विभिन्न कर्पोरेट संस्थाहरुको साझेदारी तथा प्रायोजक रहेको ‘कठघरा’को डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ।
कार्यक्रमको पहिलो श्रृंखलाको अतिथि ऊर्जा, जलस्रोत, भौतिक पूर्वाधार तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ रहेका छन्।
