श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ पार्टीबाट निलम्बित
काठमाडौँ । श्रम संस्कृति पार्टीले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा) लाई पदबाट निलम्बन गरेको छ।
केन्द्रीय कार्य समिति, काठमाडौँले जारी गरेको सूचनाअनुसार तामाङलाई राजनीतिक गतिविधिका कारण २०८२ मंसिर ९ गते प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो।
त्यसपछि सरकारी अनुसन्धानमा कुनै किसिमको दबाब वा प्रभाव नपरोस् भन्ने उद्देश्यले अनुसन्धानको अन्तिम टुंगो नलागेसम्मका लागि उनलाई पार्टी उपाध्यक्ष पदबाट निलम्बन गरिएको पार्टीले जनाएको छ।
पार्टीका केन्द्रीय अध्यक्ष हर्क साम्पाङ (हर्कराज राई) ले हस्ताक्षर गरेको विज्ञप्तिमा उक्त निर्णयबारे सबैलाई जानकारी गराइएको उल्लेख छ।
