सुन चाँदीको मूल्य आज पनि बढ्यो

 सुन चाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ । बुधाबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा नौ सय रुपैयाँले बढेर २ लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन प्रतितोला २ लाख ६७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १६५ रुपैयाँले बढेर तोलामा ४ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार प्रतितोला ४ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *