प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै निकोलस भुसालले सुरु गरे अनशन

 प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै निकोलस भुसालले सुरु गरे अनशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा माग्दै डा. निकोलस भुसालले आमरण अनशन सुरु गरेका छन् ।

गएराति १० बजेदेखि उनले माइतीघरमा सडकमा अनशन सुरु गरेका हुन् । जेन जेड आन्दोलनले उठाएका माग पूरा नगरेको भन्दै उनले ९ बुँदे माग अघि सारेका छन् ।

कार्की नेतृत्वको अन्तरिम सरकार हटाएर सर्वपक्षीय सरकार बनाउनुपर्ने लगायतका माग राखेर मिराज ढुंगाना, रवि किरण हमाल, भुसालसहितका युवा ३ दिनदेखि माइतीघरमा प्रदर्शन गरिरहेका छन् ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *