प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी लाभ वा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा पर्सा बहुदरमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
यसैगरी जनप्रतिबिम्ब दैनिकका प्रकाशक-प्रधानसम्पादक संजय कुमार साह र सह-लेखापाल उपेन्द्र कुमार साहविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिएका छन ।
