क्यासिनो खेलाएको आरोपमा पाँच जना पक्राउ

 क्यासिनो खेलाएको आरोपमा पाँच जना पक्राउ

काठमाडौँ – भारतबाट नेपाल आएर क्यासिनो खेलाउने नाममा ठगी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुरेश महाजन, दिनेश बर्मा, विक्रम सिंह, प्रमोद मौर्य, चिजा खड्का र भवानी पाण्डे रहेका छन्।

काठमाडौं प्रहरीका अनुसार खड्का र पाण्डे नेपाली हुन भने अन्य सबै भारतीय रहेका छन। सात जना अझै पनि प्रहरीको खोजीमा छन्।

महाकाय ग्रुपका नामबाट नेपालमा क्यासिनो खेल खेलाएको थियो। तर खेलमा अवैधरूपमा डमी खेलाडी बनाई अन्य खेलाडीलाई ठगी गरिएको पाएको छ।

खेलमा एक करोडभन्दा बढीको कारोबार भएको पाएको प्रहरी परिसर बुधबार काठमाडौंले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *