राष्ट्रिय वाणिज्य बैंकलाई दुई अवार्ड

 राष्ट्रिय वाणिज्य बैंकलाई दुई अवार्ड

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको १७औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सम्मानित भएको छ।

बैंकलाई डिजिटल भुक्तानी र प्रविधिमैत्री बैंकिङ सेवामा उल्लेखनीय योगदानको लागि अवार्ड प्रदान गरिएको हो।

काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकलाई सबैभन्दा बढी मर्चेन्ट कारोबार गर्ने बैंक तथा सबैभन्दा बढी डिजिटल सरकारी कारोबार गर्ने बैंकका रूपमा पुरस्कृत गरिएको थियो।

बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले अवार्ड ग्रहण गरे । बैंकलाई एकै समारोहमा दुई अवार्ड प्रदान गरिएको हो।

यस उपलब्धिप्रति राष्ट्रिय वाणिज्य बैंकले सम्पूर्ण व्यावसायिक मर्चेन्ट, ग्राहक तथा कर्मचारीप्रति हार्दिक आभार प्रकट गरेको छ।

बैंकले भविष्यमा पनि डिजिटल बैंकिङ प्रवर्द्धन, सुरक्षित भुक्तानी प्रणाली विस्तार र ग्राहक–केन्द्रित सेवामा प्रतिबद्धता जारी राख्ने जनाएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *