कोरिया जान पाउनुपर्ने मागसहित ईपीएस कार्यालय अगाडि प्रदर्शन

 कोरिया जान पाउनुपर्ने मागसहित ईपीएस कार्यालय अगाडि प्रदर्शन

काठमाडौं। रोजगारीका लागि कोरिया जान पाउनुपर्ने माग राखेर युवाहरू आन्दोलनमा उत्रिएका छन् ।

उनीहरू नौ बुँदे माग राखेर ग्वार्कोस्थित इपीएस कोरिया शाखा अगाडि प्रदर्शन गरेका हुन् ।

विभिन्न ९ बुँदे माग अघि सार्दै युवाहरू आन्दोलित भएका हुन्। प्रदर्शनका क्रममा युवाहरूले ईपीएस प्रक्रियामा रहेका समस्या समाधान गरी कोरिया जाने बाटो खुलाउन माग गरेका थिए।

आन्दोलित युवाहरूलाई सम्बोधन गर्दै ईपीएस कोरिया शाखाकी निर्देशक बिन्दा आचार्यले उनीहरूका मागप्रति सकारात्मक प्रतिक्रिया दिएकी छिन्।

निर्देशक आचार्यले युवाहरूले राखेका माग पूरा गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आवश्यक पहल गर्ने आश्वासन दिएकी हुन्।

 

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *