सुनसरीमा सिटी चालकको मृत्यु पछि बजार तनावग्रस्त, प्रहरीले गर्‍यो हवाईफायर

 सुनसरीमा सिटी चालकको मृत्यु पछि बजार तनावग्रस्त,  प्रहरीले गर्‍यो हवाईफायर

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

काठमाडौँ । सुनसरीको कोसी गाउँपालिका–१, लौकहीबजार तनावग्रस्त बनेको छ । ‘सशस्त्र प्रहरीले गोली प्रहार गर्दा’ ४५ वर्षीय विजय साहको मृत्यु भएपछि स्थानीय बासिन्दा विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

बिहीबार (आज) बिहान करिब १ः१० बजे कोसी–१, पुरी टोलमा तस्करी नियन्त्रणका निम्ति खटिएको सशस्त्र प्रहरी टोलीले गोली चलाएको थियो । साह सोही वडाका स्थायी बासिन्दा थिए ।

विरोधमा उत्रिएका स्थानीयले सशस्त्र प्रहरी बिटमा आगजनी गरेका छन् । भीड तितरबितर पार्न सुरक्षाकर्मीले हवाईफायर समेत गरेको छ ।

सिटी सफारीमा राति तस्करीको समान ल्याइँदै गरेको अवस्थामा रोक्न खोज्दा उल्टै सुरक्षाकर्मीमाथि आक्रमण प्रयास भएपछि गोली चलाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्रबहादुर खड्काले गोली लागेर साहको मृत्यु भएको जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

साहको मृत्युपछि स्थानीयवासीले शव उठाउन अवरोध गरेका छन् । उनीहरूले सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । घटनाबारे स्थानीयसँग प्रशासनले प्रारम्भिक छलफल थालेको छ ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *