एमालेले चुनावी घोषणा पत्र ओलीको नेतृत्वमा लेख्ने, हरेक प्रदेशबाट एक सिट पाउनु पर्ने दाबी

 एमालेले चुनावी घोषणा पत्र ओलीको नेतृत्वमा लेख्ने, हरेक प्रदेशबाट एक सिट पाउनु पर्ने दाबी

काठमाडौं । नेकपा (एमाले) ले राष्ट्रियसभामा सात सिट पाउनुपर्ने दाबी गरेको छ । बैठकपछि उपमहासचिव लेखराज भट्टले हरेक प्रदेशबाट एक सिट पाउनु पर्नेमा जोड दिएको बताएका छन ।

अरू पार्टीसँग तालमेल गर्ने निर्णय गरिए पनि कुन क्लस्टर पाउने भन्ने निश्चित भइनसकेको उनले जनाएका छन । ‘राष्ट्रिय सभा निर्वाचनमा कांग्रेससँग मिलेर जाने निर्णय भएको छ। तर सिट बाँठफाँटमा भने कुरा मिल्न बाँकी छ’, उनले भने, ‘विभिन्न क्लस्टरहरू मिलाउनुपर्ने भएकाले यति नै लिने भन्ने टुंगो भइसकेको छैन । यसलाई दुई दलले आपसी समझदारीमा टुंगो गर्छौँ।’

मंगलबार च्यासलमा बसेको सचिवालय बैठकबाट उमेदवार छान्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई नै दिइएको छ । भट्टका अनुसार यो घोषणा पत्र मस्यौदा समितिमा उपाध्यक्षहरू रामबहादुर थापा, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, केन्द्रीय सदस्यद्वय ईश्वर पोखरेल र प्रदीप ज्ञवाली तथा विष्णु रिमाललाई समेटिएको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *