‘विकास नायक अवार्ड २०८२’ बाट नबिल बैंक सम्मानित

 ‘विकास नायक अवार्ड २०८२’ बाट नबिल बैंक सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘विकास नायक २०८२’ सम्मान प्राप्त गरेको छ। विकास मिडियाद्वारा आयोजित विकास बहस तथा विकास नायक सम्मान समारोहमा बैंकलाई संस्थागत नायकको रूपमा यो सम्मान प्रदान गरिएको हो ।

आइतबार आयोजना गरिएको उक्त कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको उपस्थितीमा प्रमुख कार्यकारी अधिकृत (सीइओ) मनोज ज्ञवालीलाई अवार्ड तथा सम्मान पत्र प्रदान गरेका थिए । बैंक तथा बीमा क्षेत्रसहित वित्तीय क्षेत्रमार्फत नेपालको आर्थिक विकासमा पुयाएको उल्लेखनीय योगदानको कदरस्वरूप नबिल बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो ।

चार दशकभन्दा बढी समयदेखि नबिल बैंकले वित्तीय समावेशीकरण, डिजिटल नवप्रवर्तन तथा प्राथमिकता प्राप्त क्षेत्रहरूमा लगानीमार्फत नेपालको बैंकिङ क्षेत्रको नेतृत्व गर्दै आएको छ । गुणस्तरीय वित्तीय सेवामा पहुँच विस्तार, देशव्यापी डिजिटल बैंकिङ सेवा, उद्यमशीलता तथा रोजगारी प्रवद्र्धन, र राष्ट्रिय राजस्वमा उल्लेखनीय योगदान नबिल बैंकका प्रमुख उपलब्धिहरू हुन् ।

सम्मानप्रति प्रतिक्रिया दिँदै नबिल बैंकका सीइओ ज्ञवालीले भने, ‘विकास नायक २०८२ सम्मान प्राप्त गर्नु नबिल बैंकका लागि गर्वको विषय हो । यो सम्मान नबिल बैंकको चार दशक लामो राष्ट्रनिर्माण यात्राको कदर पनि हो ।’ उनले थपे, ‘वित्तीय समावेशीकरण, डिजिटल नवप्रवर्तन, रोजगारी सृजना, राजस्वमा दिइएको टेवा, ऊर्जा तथा पूर्वाधार विकासमार्फत दिगो आर्थिक वृद्धि हासिल गर्ने हाम्रो प्रतिबद्धतालाई यसले थप सुदृढ बनाएको छ ।’ सम्बृद्घ नेपाल, सुखी नेपालीको परिकल्पनालाई यस्तो सम्मानले आधार दिएको बताउँदै उनले यस्तो सम्मानले देश विकासमा अझ टेवा पु¥याउन उर्जा प्रदान गरेको बताए ।

नेपालको बैंकिङ रूपान्तरणमा अग्रणी भूमिका निर्वाह गर्दै नबिल बैंक सन् १९८४ मा पहिलो संयुक्त लगानी बैंकको रूपमा स्थापना भएको थियो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *