खोला किनारको मापदण्ड खारेजीको माग गर्दै आज पनि प्रदर्शन
काठमाडौँ । काठमाडौँका नदी तथा खोला किनारका मापदण्ड खारेज गर्न माग गर्दै र्याली निकालिएको छ ।
गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित सङ्घर्ष समिति तथा भूमि अधिकार संरक्षण सङ्घर्ष समितिको नामबाट र्याली निकालिएको हो ।
र्याली खोल्चापाखा, रुद्रविनायक मन्दिरबाट सुरु भई माइतीघर मण्डलामा पुगेको थियो ।
