दक्षिणकालीको जंगलमा भेटियो एक युवकको शव
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90
काठमाडौँ। दक्षिणकाली नगरपालिका-७ स्थित जंगलमा एक युवकको शव फेला परेको छ । जंगलको बिचमा रहेको झोलुङे पुल मुनि युवकको शव भेटिएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार उक्त शव काठमाडौँको कुलेश्वर बस्ने रूपन्देही मायादेवी गाउँपालिका-५ घर भएका १८ वर्षीय अमर मणि चौधरीको हो ।
संकास्पद अवस्थामा शव भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
