गोरखामा रास्वपा नेता चढेको गाडी तोडफोड

 गोरखामा रास्वपा नेता चढेको गाडी तोडफोड

 

काठमाडौँ । गोरखामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सवार रहेको गाडी तोडफोड भएको छ।

भीमसेन थापा गाउँपालिका-३, कमलटारमा वडा अधिवेशनका लागि गएका नेताहरूको गाडी तोडफोड गरिएको हो। गाडीमा रास्वपा केन्द्रीय सदस्यद्वय प्रकाशचन्द्र परियार र धनेज थापा तथा पर्यटन विभाग सदस्य प्रकाश लामिछानेसहित नेता सवार थिए।

उनीहरू चढेको बागमती प्रदेश ०२५ च ७०३० गाडीमाथि तोडफोड भएको केन्द्रीय सदस्य परियारले बताए। आफूहरू सबै सुरक्षित रहेको बताउँदै परियारले भने, ‘हामीले सम्भावित राजनीतिक प्रपञ्च, षडयन्त्र, प्रतिशोध र हुलहुज्डबाजको वहुकोण सहित प्रहरीमा उजुरी गरिसकेका छोैँ।’

पार्किङ स्थलमा राखिएको गाडीमाथि तोडफोड भएको उनले जानकारी दिए। यसले घटनाले कार्यक्रम केही ढिला भए पनि स्थगित नगरिएको उनले बताए।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *