एक पक्षले अर्को पक्षलाई निषेधको राजनीति गर्न पाइँदैन : निर्वाचन आयोग

 एक पक्षले अर्को पक्षलाई निषेधको राजनीति गर्न पाइँदैन : निर्वाचन आयोग

Photo:Rajan Kafle

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीले कसैले अर्कोविरुद्ध ‘नो नट अगेन’ भन्ने नारा प्रयोग गर्न नपाइने बताएका छन्।

शुक्रबार निर्वाचन आचारसंहिताबारे दलहरूसंगको छलफलका क्रममा उनले यस्तो बताएका हुन्।

‘कसैले पनि कसैका विरुद्ध ‘नो नट अगेन’ भन्ने नारा लगाउन पाउँदैन। खराब नेता चाहिँ त्यही हो, ‘म चाहिँ जित्छु’ भनेर भन्न पाइँदै,’ उनले भने।

उनका अनुसार उम्मेदवारहरूले आफ्नो नीति, उद्देश्य, घोषणापत्र र कार्यक्रम प्रचार गर्न पाउनु पर्छ र त्यस्तै अर्को उम्मेदवारलाई पनि समान अवसर प्राप्त हुनुपर्छ। ‘एउटा पक्षले अर्को पक्षलाई निषेधको राजनीति गर्न पाइँदैन,’ उनले भने।

यस्तै, पैसाको चलखेल वा अनियमितता भएमा आयोगमा जानकारी दिने प्रक्रियाबारे उनले भने, ‘च्याप्पै समातेर आयोगमा बुझाउने आवश्यकता छैन। केवल तथ्याङ्क र जानकारी दिँदा पुग्छ, वस्तुगत प्रमाण भए अझ राम्रो।’

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *