नदी किनारका जग्गामा भवन निर्माण प्रतिबन्ध फुकुवा

 नदी किनारका जग्गामा भवन निर्माण प्रतिबन्ध फुकुवा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नदी किनारका जग्गामा भवन निर्माण गर्न लगाएको फुकुवा  गराएको  छ ।

महानगरले आज एक सूचना जारी गर्दै सर्वोच्च अदालतको पछिल्लो आदेशलाई कार्यान्वयन गर्दै नदीको दायाँ-बायाँ भवन निर्माण अनुमति ९नक्सा पास० फुकुवा गरेको हो ।

यसअघि नदी किनारको मापदण्डमा थप २० मिटर जग्गा छोड्नुपर्ने भन्दै महानगरले निर्माण कार्य र नक्सा पास रोक्का राखेको थियो । तर, बुधबार एक सार्वजनिक सूचना जारी गर्दै महानगरपालिकाले अबदेखि निजी जग्गामा भवन निर्माण गर्न अनुमति नरोकिने स्पष्ट पारेको छ ।

यसअघि सर्वोच्च अदालतले २०८० मंसिरमा गरेको एक फैसलालाई आधार मान्दै महानगरपालिकाले काठमाडौँका नदी किनारमा कडाइ गरेको थियो । मन्त्रिपरिषद्ले २०६५ सालमा तोकेको मापदण्डमा ‘थप २० मिटर’ जग्गा छोड्नुपर्ने र उक्त क्षेत्रलाई निर्माण निषेधित क्षेत्र घोषणा गरिएको थियो ।

यो निर्णयसँगै काठमाडौँका नदी किनार क्षेत्रका जग्गाधनीहरूलाई आफ्नो जग्गामा निर्माण कार्य अघि बढाउन र नयाँ नक्सा पास प्रक्रिया सुरु गर्न बाटो खुलेको छ ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *