पतञ्जलि जग्गा प्रकारण: माधव नेपालसहितको केसमा अख्तियारबाट मिसिल झिकाइने

 पतञ्जलि जग्गा प्रकारण: माधव नेपालसहितको केसमा अख्तियारबाट मिसिल झिकाइने

काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितको भ्रष्टाचार मुद्दामा विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मिसिल झिकाउन आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले यसअघि अख्तियारले तामेलीमा राखेको निर्णयसम्बन्धी फाइल पेश गर्न आदेश दिएको हो।

अख्तियारको फाइल आएपछि माघ १४ गतेदेखि अर्को सुनुवाइ हुने अदालतले जनाएको छ। अख्तियारले पतञ्जलि जग्गा प्रकरणमा नेपालसहित ९३ जनाविरुद्ध जेठ २२ गते मुद्दा दायर गरेको थियो। नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो, जरिवाना र सजाय मागदाबी गरिएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *