बालेनको मिसन मेची : झापामा उम्मेदवारी दर्ता गरेर सिधै इलामको घरदैलोमा

 बालेनको मिसन मेची : झापामा उम्मेदवारी दर्ता गरेर सिधै इलामको घरदैलोमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह यतिबेला चुनावी अभियानको सिलसिलामा इलाम पुगेका छन। पार्टीका स्थानीय उम्मेदवारहरूको चुनावी प्रचार–प्रसार र संगठन सुदृढीकरणका लागि शाह इलाम पुगेका हुन ।

गत मंगलबार मात्रै झापा निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका शाहले बुधबार सोही क्षेत्रका मतदाताहरूसँग भेटघाट र भलाकुसारी गरेका थिए। झापाको माहोल तताएलगत्तै उनी बिहीबार इलाम पुगेर पार्टीको पक्षमा जनमत जुटाउन सक्रिय भएका हुन।

इलामका विभिन्न निर्वाचन क्षेत्रमा पुगेर शाहले ‘घरदैलो’ कार्यक्रम मार्फत मतदाताहरूसँग सीधा संवाद गरिरहेका छन। सो क्रममा उनीले देशमा राजनीतिक परिवर्तन र सुशासनका लागि रास्वपाको उम्मेदवार र ‘घण्टी’ चिह्नमा मतदान गर्न आग्रह गरेका छन ।

काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर राष्ट्रिय राजनीतिमा होमिएका शाहको उपस्थिति जताततै चर्चाको विषय बनेको छ। इलाममा आयोजना गरिएका साना चुनावी सभाहरूमा शाहले पुरानो राजनीतिलाई विस्थापित गर्दै युवा नेतृत्वलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन।

इलाममा केही दिनको बसाइपछि शाह पुनः आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा फर्कने र त्यहाँका मुख्य चुनावी कार्यक्रमहरूमा केन्द्रित हुने बुझिएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *