निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन प्रहरी महानिरीक्षक कार्कीको कडा निर्देशन: ‘सुरक्षामा कुनै सम्झौता नहोस्’

 निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन प्रहरी महानिरीक्षक कार्कीको कडा निर्देशन: ‘सुरक्षामा कुनै सम्झौता नहोस्’

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आगामी निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष वातावरणमा सम्पन्न गर्न देशभरका प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन। नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालबाट बिहीबार श्रव्यदृश्य माध्यममार्फत सम्बोधन गर्दै उनले भरपर्दो सुरक्षा योजनासहित प्रभावकारी रूपमा कार्यक्षेत्रमा खटिन निर्देशन दिएका हुन ।

निर्वाचनको समयमा हुनसक्ने सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै महानिरीक्षक कार्कीले सम्भावित जोखिम न्यूनीकरणका लागि ‘इन्टेलिजेन्सु (सूचना सङ्कलन) प्रणालीलाई बलियो बनाउन जोड दिए। ‘कार्यक्षेत्रमा हुनसक्ने कुनै पनि आपराधिक गतिविधि रोक्न सूचना संकलन प्रभावकारी हुनुपर्छ,’ उनले भने, ‘समयमै सुरक्षा व्यवस्था मिलाएर निर्वाचनलाई सुरक्षित बनाउनु हाम्रो पहिलो प्राथमिकता हो।’

बहुआयामिक सुरक्षा रणनीतिको खाका महानिरीक्षक कार्कीले निर्वाचन सुरक्षाका अलावा प्रहरीका नियमित कामकारबाहीमा पनि कडाइ गर्न निर्देशन दिएका छन ।

अतिरिक्त महानिरीक्षकहरूको सुझाव कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकद्वय उमाप्रसाद चतुर्वेदी र सुशीलसिंह राठौरले पनि कार्यस्थलमा खटिने प्रहरी कर्मचारीहरूलाई परिस्थितिको गाम्भीर्य बुझेर संयमित र जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिएका छन । उनीहरूले अपराध अनुसन्धान र शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा कुनै पनि दबाब वा प्रलोभनमा नपर्न सचेत गराएका छन ।

भर्चुअल माध्यमबाट आयोजित उक्त कार्यक्रममा काठमाडौं उपत्यका, सातवटै प्रदेशका प्रहरी प्रमुखहरू, प्रदेश तालिम केन्द्र, गण, र जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो। प्रहरी प्रधान कार्यालयका अनुसार निर्वाचन सुरक्षाका लागि तयार गरिएको विशेष कार्ययोजनालाई अब देशभरका युनिटहरूले तत्काल कार्यान्वयनमा लैजानेछन्।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *