समृद्ध कपिलवस्तु निर्माणमा सबैको साथ आवश्यक उम्मेदवार चौधरी

 समृद्ध कपिलवस्तु निर्माणमा सबैको साथ आवश्यक उम्मेदवार चौधरी

कपिलवस्तु, १४ माघ । कपिलवस्तु प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार विश्राम प्रसाद थारु चौधरीले समृद्ध कपिलवस्तु निर्माणको साझा जिम्मेवारी पूरा गर्न सबैको सक्रिय सहयोग आवश्यक रहेको बताएका छन्।

समाज निरन्तर गतिशील रहेको उल्लेख गर्दै उम्मेदवार चौधरीले समयको मागअनुसार जिल्लाको समग्र विकासमा आफू नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे। उनले विकास, समृद्धि र सुशासनका लागि सबै राजनीतिक दलका कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरे।

नेकपा एमाले प्रतिनिधि सभा निर्वाचन परिचालन कमिटी, कपिलवस्तुको प्रथम बैठकलाई गजेहडामा सम्बोधन गर्दै चौधरीले विकासका अवसरलाई सदुपयोग गर्दै कपिलवस्तुलाई समृद्ध जिल्लाको रूपमा अगाडि बढाइने विश्वास व्यक्त गरे।

चौधरीले जनताको भरोसा र साथलाई नै आफ्नो प्रमुख शक्ति ठानेर निर्वाचन अभियानलाई अघि बढाइने बताए।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *