नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको खुद्रा मूल्य समायोजन

 नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको खुद्रा मूल्य समायोजन

default

काठमाडौं । नेपाल आयल निगमले आज २०८२ माघ १७ गते इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा पेट्रोलियम पदार्थको खुद्रा मूल्य समायोजन गरेको छ।

निगमका अनुसार प्रति लिटर पेट्रोलमा रु ०.१२ ले मूल्य वृद्धि भएर आए पनि उपभोक्तामाथि अतिरिक्त भार नपरोस् भन्ने उद्देश्यले पेट्रोलको खुद्रा मूल्य यथावत् राखिएको छ। त्यसैगरी डिजेल तथा मट्टीतेलमा प्रति लिटर रु ४.६६ ले मूल्य बढेर आए पनि निगमले रु ३ मात्र वृद्धि गर्ने निर्णय गरेको जनाएको छ।

यस्तै, हवाइ इन्धनमा प्रति लिटर रु १.०८ ले मूल्य घटेर आएकोमा रु १ ले घटाइएको छ। एलपी ग्यासतर्फ भने प्रति सिलिण्डर रु ४५.४९ ले मूल्य बढेर आए तापनि खुद्रा मूल्य यथावत् कायम गरिएको निगमले जानकारी दिएको छ।

निगमले पेट्रोलियम पदार्थ खरिद गर्दा नयाँ कायम गरिएको मूल्यसूचीअनुसार जाँच गरी भुक्तानी गर्न सम्पूर्ण उपभोक्ता वर्गलाई अनुरोध गरेको छ। मूल्य समायोजनको विस्तृत विवरण भने निगमले छुट्टै रूपमा सार्वजनिक गरेको जनाएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *