नेपालिज ब्लड डोनर्स एसोसिएसन अष्ट्रेलियाको अध्यक्षमा पोखरेल
सिड्नी: नेपालिज ब्लड डोनर्स एसोसिएसन अष्ट्रेलिया (NBDA) को दोस्रो वार्षिक साधारण सभा (AGM) शनिबार, ३१ जनवरी २०२६ मा मेरिल्याण्ड्सस्थित NRNA कार्यालयमा एक कार्यक्रम विच सम्पन्न भएको छ।
एसोसियनका अध्यक्ष रन्जिता भण्डारीको अध्यक्षता न्यु साउथ वेल्स अष्ट्रेलियाका अवैतनिक महावाणिज्यदुत संन्जिव कुमार शर्माको प्रमुख आथितित्यता सल्लाहाकार सूर्य गौतम को संचालनमा भएको सो कार्यक्रममा “रक्तदान जीवनदान भन्ने भावनालाई आत्मसाथ गर्दै हालसम्म रक्त दान गर्ने व्यक्तिहरु भेष बहादुर थापा, अमेध थापा, विशाल भण्डारी, कमल चापागाई, सविना वश्याल, प्रकाश पन्थी, उमनाथ सुवेदी, मुक्तिराम पोखरेल, सरोज पाण्डे लगायतका व्यक्तित्वहरुलाई प्रशंशापत्रबाट बधाई तथा सम्मान गरिएको थियाे ।
कार्यक्रममा प्रमुख अतिथि शर्माले एसोसियनले सामाजिक तथा मानविय सेवा का लागी गरेको कार्यको प्रशंशा गर्दै आगामी दिनमा याे कार्यलाई अझै फराकिलो बनाउँदै जानुपर्ने धारणा व्यक्त गर्नुभयाे ।
कार्यक्रममा एसोसियनका संरक्षक विनोद मैनाली, सल्लाहाकार, समाजसेवि एवं एनआरएनका ओसियानाया संयोजक दिनेश पोखरेल, फेन्का न्यु साउथ वेल्थका कोर्डिनेटर मुक्तिराम पोखरेल सल्लाहाकार एवं समाजसेवि सूर्य गौतम, अध्यक्ष रन्जिता भण्डारी आरएसएनका सचिव कमल चापागाई, पत्रकार डा राजु मानन्धर, एन आरएनए न्यु साउथ वेल्थका सचिव प्रताप पन्थि लगायतकाले मानव जीवन बचाउनका लागि रक्तदान जस्तो मानविय सेवामा समर्पित भई गरिएको पुण्य कार्यको प्रशंसा गर्नुभयो ।
साधारण सभाबाट सर्वसहमतिबाट आगामि २ वर्ष (2026-2028) का लागि मुक्तिराम पोखरेलको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति गठन गरिएको छ ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा चन्द्र ढकाल सचिवमा प्रशन्ना दाहाल कोषाध्यक्षमा सबिना बस्याल चयन हुनुभएको छ । यसैगरी कार्यकारी सदस्यहरूमा अनिश मिश्र, नवीन गौतम, प्रह्लाद चापागाईं, रस्ना पालाञ्चोके, सुर्योतम दाहाल, रमेश सापकोटा, शंकर प्रसाद शर्मा जमुना रोका र सरोज पाण्डे रहनु भएको छ ।
यसैगरी संस्थाको सञ्जाल विस्तार गर्दै अन्य State मा पछि गठन गर्नै गरी सर्वसहमतिबाट समिति गठन भएको छ|
संस्थाको संरक्षक (Patrons) का रूपमा बिनोद मैनाली, भूपाल सिटौला र रञ्जिता भण्डारी नियुक्त हुनुभएको छ । यस्तै सल्लाहकारमा सुर्य गौतम, दिनेश पोखरेल, डा. मधु पुडासैनी , डा राजु मानन्धर, उषा किरण वरिया पोखरेल र भुवन पाण्डे नियुक्त हुनु भएको छ ।
कार्यक्रममा NBDA का स्तम्भ, अग्रणी रक्तदान अभियानकर्ता तथा अस्ट्रेलियामा नेपाली समुदायभित्रका उच्च रक्तदाता एवं संक्षक बिनोद मैनाली आफ्नो धारणा व्यक्त गर्दै रक्तदानले आत्मसन्तुष्टि, सामाजिक सम्मान र सबैभन्दा महत्वपूर्ण जीवन रक्षा गर्ने कार्य भएको उल्लेख गर्दै स्वस्थ व्यक्तिको रक्तदानले कमजोरी नल्याउने बरु स्वास्थ्य र समग्र कल्याणमा सकारात्मक योगदान पुर्याउने बताउनुभएको थियो ।
निवर्तमान अध्यक्ष रञ्जिता भण्डारी अधिकारीले “समुदायमा सशक्त रक्तदान संस्कृतिको प्रवर्द्धनका लागि निरन्तर योगदान पुर्याउँदै आएका व्यक्ति, संस्था प्रति आभार व्यक्त गर्दै NBDA अष्ट्रेलियाले आफनो कार्य कालमा गरेका कार्यको प्रगति प्रस्तुति गर्नुभएको थियो ।
नव-निर्वाचित अध्यक्ष, प्रतिष्ठित स्वयंसेवक, रक्तदान अभियानकर्ता तथा सामुदायिक अगुवा मुक्तिराम पोखरेलले “NBDA का सम्मानित सदस्यहरूले गर्नुभएको विश्वासप्रति आभार व्यक्त गर्नुभयो । उहाँले संस्थाको अपेक्षा अनुसार जिम्मेवारी निर्वाह गर्दै समर्पित सदस्यका रूपमा सामूहिक रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
नव निर्वाचित अध्यक्ष पाेख्रेलले आगामी दिनमा समुदायका विभिन्न संस्थाहरूलाई NBDA सँग सक्रिय रूपमा जोड्दै रक्तदान अभियानलाई अझ सुदृढ बनाउने लक्ष्य रहेको बताउनुभयाे ।
उहाँले सबै समुदाय अगुवा, सदस्य, शुभेच्छुक तथा सञ्चारमाध्यमप्रति निरन्तर सहयोगका लागि कृतज्ञता व्यक्त गर्नुभएको थियाे । कार्यक्रमा सामुदायिक संघ संस्थाका प्रतिनिधि, सामुदायिक अगुवा, रक्तदाता तथा पत्रकारहरुको उत्साहाजनक उपस्थिति रहेको थियो ।

संस्थाको संरक्षक (Patrons) का रूपमा बिनोद मैनाली, भूपाल सिटौला र रञ्जिता भण्डारी नियुक्त हुनुभएको छ । यस्तै सल्लाहकारमा सुर्य गौतम, दिनेश पोखरेल, डा. मधु पुडासैनी , डा राजु मानन्धर, उषा किरण वरिया पोखरेल र भुवन पाण्डे नियुक्त हुनु भएको छ । 