भरतपुर प्रदर्शनी केन्द्रमा पाँचदिने अन्तर्राष्ट्रिय डेरी एक्स्पो सञ्चालन हुने

 भरतपुर प्रदर्शनी केन्द्रमा पाँचदिने अन्तर्राष्ट्रिय डेरी एक्स्पो सञ्चालन हुने

काठमाडौँ । चितवनको भरतपुरमा माघ २५ गतेदेखि अन्तर्राष्ट्रिय डेरी एक्स्पो आयोजना हुने भएको छ। चितवन जिल्ला दुग्ध उत्पादन सहकारी संघ र चितवन उद्योग संघको आयोजनामा माघ २५ देखि २९ गतेसम्म भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा एक्स्पो सञ्चालन हुनेछ।

काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले ‘डेरी उद्योगमा प्रविधि, अर्थतन्त्रमा समृद्धि’ भन्ने नारासहित एक्स्पो आयोजना गर्न लागिएको जानकारी दिएका हुन्। एक्स्पोमा दुग्धजन्य उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगितात्मक गाई प्रदर्शनी गरी पुरस्कारसमेत प्रदान गरिने जनाइएको छ।

एक्स्पोमा नेपाल र भारतलगायतका मुलुकका दुग्ध उद्योगसँग सम्बन्धित प्रविधि, उपकरण, दुग्धजन्य उत्पादन, पशु औषधि, पशु आहार तथा वित्तीय संस्थाका १०० भन्दा बढी स्टल रहनेछन्। पाँच दिनसम्म सञ्चालन हुने एक्स्पो अवलोकन गर्न ५० हजारभन्दा बढी दर्शक सहभागी हुने आयोजकको अनुमान छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *