नयाँ न्यायाधीश नियुक्ति नगर्न आयोगको औपचारिक पत्र

 नयाँ न्यायाधीश नियुक्ति नगर्न आयोगको औपचारिक पत्र

Photo:Rajan Kafle

काठमाडौं । निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा नयाँ न्यायाधीश नियुक्ति गर्न नमिल्ने भन्दै निर्वाचन आयोगले न्याय परिषद्लाई औपचारिक पत्र पठाएको छ।

न्याय परिषद् सचिवालयले गत साता न्यायाधीश नियुक्तिसम्बन्धी विषयमा परिषद्‌मा पत्राचार गरेपछि त्यसको जवाफस्वरूप आयोगले आचारसंहिता उल्लंघन हुने भन्दै नियुक्ति प्रक्रिया अघि नबढाउन निर्देशन दिएको हो।

आयोगका अनुसार ४ माघदेखि निर्वाचन आचारसंहिता लागू भइसकेकाले सो अवधिमा न्याय परिषद्बाट नयाँ न्यायाधीश नियुक्ति गर्न नमिल्ने निर्णय गरिएको छ।

यसअघि केही साताअघि लोकसेवा आयोगको प्रतिस्पर्धात्मक परीक्षाबाट उत्तीर्ण भएका जिल्ला न्यायाधीशहरू नियुक्त भइसकेका छन् भने उनीहरूको पदस्थापनाको प्रक्रिया जारी छ। तर, परीक्षा बाहेक ज्येष्ठताका आधारमा न्यायाधीश नियुक्त गर्न न्याय परिषद्ले आयोगमा पत्राचार गरेको थियो।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *