काठमाडौँ । देशभर पश्चिमी वायुको प्रभाव रहेको छ। जसको प्रभावले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारण बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेशको तराईका अधिकांश स्थानहरूमा तथा बाँकी तराईको केही स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागमा […]Read More
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत देशभर १९ वटा कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ। बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता, मानविय सहयोग तथा आयआर्जन अभिवृद्धिलाई प्राथमिकतामा राख्दै दुर्गम, गरिब, विपन्न तथा न्यून आय भएका समुदायलाई लक्षित गरी कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ। स्वास्थ्यतर्फ ‘ग्लोबल […]Read More
काठमाडौँ । गुल्मीमा आज बिहान भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका राम्चेबाट विद्यार्थी बोकेर वनभोजका लागि मदाने गाउँपालिकाअन्तर्गत पुर्कोटतर्फ जाँदै गरेको सिद्ध इङ्लिस बोर्डिङ स्कुलको लु प्र ०१–००ख०३५५ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु९प ८१५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। ठक्करबाट मोटरसाइकलमा सवार मालिका गाउँपालिका– ६ मौवाका ३६ वर्षीय […]Read More
काठमाडौं । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ । अहिले तराईका अधिकांश स्थानहरू हुस्सुले ढाकिएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली भू–भागमा साधारण बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोशी र गण्डकी […]Read More
काठमाडौँ । पश्चिम नवलपरासीको बर्दघाटमा रहेको एक टायल्स उद्योगमा दुई जना मजदुर मृत फेला परेका छन् । एक जना नेपाली र एक जना भारतीय मजदुर उद्योगमा मृत फेला परेका हुन् । मृत फेला पर्नेमा नवलपरासी बर्दघाट नगरपालिका-१३ धनेवाका ४० वर्षीय होमबहादुर थापा र भारत उत्तर प्रदेश प्रतापगढ जिल्ला-६६ ग्रामपोस्टका ३० वर्षीय विनोद कुमार रहेका प्रहरीले […]Read More
काठमाडौँ । सुनसरीको कोसी गाउँपालिका–१, लौकहीबजार तनावग्रस्त बनेको छ । ‘सशस्त्र प्रहरीले गोली प्रहार गर्दा’ ४५ वर्षीय विजय साहको मृत्यु भएपछि स्थानीय बासिन्दा विरोध प्रदर्शनमा उत्रिएका हुन् । बिहीबार (आज) बिहान करिब १ः१० बजे कोसी–१, पुरी टोलमा तस्करी नियन्त्रणका निम्ति खटिएको सशस्त्र प्रहरी टोलीले गोली चलाएको थियो । साह सोही वडाका स्थायी बासिन्दा थिए । […]Read More
काठमाडौं । आज १३औँ राष्ट्रिय पोसाक र टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि विभिन्न युवा संस्थाले दिवस मनाउन थालेका हुन्। नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोसाक र टोपी दिवस मनाउन […]Read More
काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा लगायत बाँकी उच्च पहाडी […]Read More
काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले नेपाल बार एशोसियसन काठमाडौंलाई कम्प्युटर, प्रिन्टर, स्क्यानर, फोटोकपी मेशिन तथा स्मार्ट डिसप्ले बोर्ड लगायतका सामग्रीहरु हस्तान्तरण गरेको छ। गत भदौ २४ गते भएको आन्दोलनका क्रममा वारको भवन आगलागीबाट क्षति भई पूर्ण रुपमा सेवा अवरुद्ध भएपछि त्यसलाई सहज र प्रभावकारी बनाउन बैंकले सहयोग प्रदान गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्व […]Read More
सिड्नी । धर्म जागरण महा सत्सङ्ग विशेष आध्यात्मिक कार्यक्रम सन् २०२६ जनवरी २, ३ र ४ तारिख अर्थात २०८२ पुस १८, १९ र २० गते अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने भएको छ। योगी नरहरिनाथ एवं आदित्यनाथ फाउन्डेसन अष्ट्रेलियाको आयोजनामा हुन लागेको यस महा सत्सङ्गमा अन्तर्राष्ट्रिय कथावाचिका राधिकादेवी दासीको प्रमुख कथा प्रवचन रहने आयोजकले जानकारी दिएका छन्। […]Read More
