काठमाडौं । अफगानिस्तानका एक १३ वर्षीय बालक विमानको ल्यान्डिङ गियरमा लुकेर भारत पुगेका छन् । यो घटना सेप्टेम्बर २१, आइतबार भएको हो। अफगानिस्तानको केएएम एयरलाइन्सको उडान आरक्यू-४४०१ काबुलको हमिद करजाई विमानस्थलबाट बिहान ८:४६ बजे भारतीय समय अनुसार उडेको थियो र बिहान १०:२० बजे दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल ३ मा अवतरण गरेको थियो। एयरलाइन्सका […]Read More
काठमाडौँ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा जगदीश खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त भएका छन्। सरकारको मुख्य सूचना संयन्त्र परिचालन गर्ने मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री खरेलले तत्कालीन प्राथमिकता चुनाव निष्पक्ष र सहज बनाउनुपर्ने रहेको बताएका छन्। फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई समयमै सम्पन्न गराउने सरकारको पहिलो दायित्व भएको मन्त्री खरेलले बताएका छन्। […]Read More
काठमाडौं । मुग्लिन–नारायणगढ सडकको तुइन खोला नजिकै पहिरो गएपछि एकतर्फी खुलेको राजमार्ग साँझ साढे ५ बजेदेखि दुईतर्फी खुलेको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार अहिले पहिरो पूर्णरूपमा हटाएर दुईतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । दुईतर्फी सडक खुलाउन यहाँ आज आवागमन रोकेर काम गरिएको थियो । रातको समयमा ढुंगा खस्ने जोखिमका कारण यातायात गत राति […]Read More
काठमाडौं । नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा […]Read More
काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको छ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरी सो पदमा प्राधिकरणकै पूर्वउपकार्यकारी निर्देशक मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको हो । गत चैत ११ मा तत्कालीन मन्त्रिपरिषद्ले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर […]Read More
काठमाडौं । सरकारले ३ करोड रुपैयाँभन्दा कम लागतका टुक्रे आयोजना रोक्का गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । त्यसैगरी ३ करोडभन्दा माथिका तर आयोजना बैंकमा प्रविष्ट नभएका वा एलएमबीआईएसमा प्रविष्ट गरेर आयोजना बैंकमा पछि राखिएका वा राजनीतिक दबाबमा राखिएका आयोजना रोक्का राख्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो । यसबाट चालु खर्चसहित […]Read More
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा जगदीश खरेलको नाम सिफारिस गरेकी छिन् । उनले आइतबार राष्ट्रपति समक्ष खरेलको नाम सिफारिस गरेकी हुन् । पत्रकार खरेल इमेज टिभीका समाचार प्रमुख थिए ।दुई दशक भन्दा समयदेखि पत्रकारिता गरिरहेका खरेलले त्रिभूवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका छन् । प्रधानमन्त्री कार्कीले राजनीतिक दल भन्दा बाहिरका […]Read More
काठमाडौं । अतिरक्त स्वास्थ्य सचिव डा. संगिता कौशल मिश्रा स्वास्थ्यमन्त्रीमा सिफारिस भएकी छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले डा. मिश्रालाई स्वास्थ्य मन्त्रालयको नेतृत्व दिन सिफारिस गरेको हो । स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव रहेकी डा. मिश्रा स्वास्थ्यमन्त्री बन्ने सम्भावना देखेपछि आइतबार राजीनामा दिएकी थिइन् ।Read More
काठमाडौं । मनाङका अत्यन्तै दुर्गम र विकट स्थानहरुमा ‘फोर जी’ सेवा सुरु भएको छ । मनाङका दुर्गम र विकट भनेर चिनिने ठाउँ पिसाङ, टंकी मनाङ र खाङसार लगायतका स्थानमा टेलिकमले ‘फोर जी’ सेवा सञ्चालनमा ल्याएको छ । आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै टेलिकमले भू–धरातलीय तथा भौगोलिक हिसाबले अत्यन्तै दुर्गम र विकट स्थानहरुमा नयाँ बीटीएस […]Read More
चितवन । पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ। पहिराे पन्छाएपछि अपरान्ह सवा ४ बजेदेखि सडकखण्ड एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। पहिराेकाे कारण अवरुद्ध सडक ४५ घण्टापछि सुचारु भएकाे हाे । शुक्रबार बेलुका ६ बजेदेखि नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत पर्ने तुइन खोलामा गएको पहिरोले सडक अवरुद्ध बनेको थियो । पहिरोले […]Read More
