काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख ५२ हजार हजार ६७६ मतगणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ४९ लाख २९ हजार हजार ७१४ मत प्राप्त गरेको छ । यस्तै, नेपाली कांग्रेसले १६ लाख ६७ हजार ५८८, नेकपा (एमाले)ले १३ लाख ८५ हजार […]Read More
काठमाडौं । आफूलाई जेन-जी अभियन्ताका रुपमा चिताउने ३८ वर्षीय सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिसभामा विजयी हुने १२५ औँ सांसद बनेका छन् । फागुन २१ गते भएको निर्वाचनअन्तर्गत सोमबमार आएको नतिजाअनुसार गोरखा क्षेत्र नम्बर १ बाट गुरुङ भारी मतान्तरसहित विजयी भएका हुन्। निर्वाचन आयोगका अनुसार गुरुङले २९ हजार ८९६ मत प्राप्त गरेका छन् । उनका […]Read More
काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूले राष्ट्र र जनताको हितका लागि काम गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाएका छन् । सोमबार सिंहदरबारमा पद तथा गोपनीयताको शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनीहरूले आवश्यक ऐन, कानुन, नीति निर्माणका साथै राष्ट्र र जनताको हितका लागि काम गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाएका हुन् । राष्ट्रियसभा सदस्य महन्त ठाकुरले संविधानले […]Read More
काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले गुटका घेराबाट निस्केर पार्टीमा खुलस्त बहसका लागि आह्वान गरेका छन्। निर्वाचनमा पराजयपछि आत्मसमिक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले उनले भनेका छन्,‘हामी ढलेका मात्र हौ, मरेका होइनौँ,’ । मूलतः पार्टी नेतृत्वको कमजोरी चुनावमा असफलता मिलेको भन्दै सामूहिक पहलबाट बदल्न सकिने उनको भनाई छ । फेसबुकमार्फत उनले भनेका छन्,‘पार्टीले […]Read More
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा झापा क्षेत्र नम्बर ५ बाट जित हासिल गरेका बालेन्द्र शाह (बालेन)ले चुनावी खर्च सार्वजनिक गरेका छन् । बालेनले सोमबार निर्वाचन आयोगलाई बुझाएको खर्च विवरण अनुसार उनले प्रतिनिधिसभा निर्वाचनको लागि जम्मा १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गरेका छन् । बालेनले गरेको यस्तो चुनावी […]Read More
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले धनुषा-१ बाट पार्टीका उम्मेदवार मातृकाप्रसाद यादव विजयी हुँदा पनि निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण नगरेको भन्दै आपत्ति जनाएको छ । नेकपाका केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यले विज्ञप्ति जारी गर्दै विजयी भइसक्दा पनि प्रमाणपत्र वितरण नगर्नु कानुनसम्मत नभएको जनाएका हुन् । निर्वाचन आयोगले फागुन १८ गते निर्वाचन ऐन, २०७४ बमोजिम रास्वपाका उम्मेदवार […]Read More
काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज हुने भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा दिउँसो २ बजे शपथग्रहण कार्यक्रम तय गरिएको छ । गत माघ ११ गते राष्ट्रियसभाका रिक्त हुन लागेका १८ सदस्यका लागि निर्वाचन भएको थियो । सङ्घीय संसद् सचिवालयका अनुसार राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद […]Read More
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बहुमत नजिक पुगेको छ । प्रत्यक्षतर्फको १६१ सिटको मतगणना भइसक्दा अहिलेसम्म रास्वपाले १२४ सिट जितेको छ । रास्वपा अब एक क्षेत्रमा अगाडि छ । दोस्रो दल बन्न लागेको नेपाली कांग्रेसले १७ सिटमा चित्त बुझाएको छ । तेस्रो स्थानमा रहेको नेकपा (एमाले)ले […]Read More
काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सबैजसो पदाधिकारी प्रत्यक्षतर्फ पराजित भएका छन्। फागुन २१ गते सम्पन्न निर्वाचनको मतपरिणाम सार्वजनिक भएसँगै एमालेका शीर्ष नेताहरू एकपछि अर्को गर्दै हार बेहोरेका हुन्। अधिकांश क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरूले एमाले नेताहरूलाई फराकिलो मतान्तरले पराजित गरेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट पराजित भएका […]Read More
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुनु नेपाली जनता, संविधान र राष्ट्रको जित भएको बताएकी छन् । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आइतबार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले विशेष अवस्थामा प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु ठूलो उपलब्धि भएको उनले बताइन् । यसबाट नेपाली जनता, संविधान र राष्ट्रको जित भएको उनको भनाइ छ । […]Read More
