काठमाडौँ । पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित ९३ जनाविरुद्ध दायर भएको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश भएको छ। आइतबार विशेष अदालत काठमाडौँले प्रतिवादीहरुले राखेका साक्षीहरुलाई बकपत्र गराउन आदेश भएको हो। विशेष अदालतका न्यायाधीशहरु नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले साक्षी उपस्थित गराउन भनेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेको साँगामा पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा […]Read More
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का नेता देव गुरुङले आगामी फागुन २१ गते हुने निर्वाचनको लागि आफ्नै पार्टीले उत्पादनमुखी अर्थतन्त्रलाई अघि बढाउने गरी घोषणा पत्र ल्याउने बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको दलको घोषणा पत्रमा आर्थिक एजेण्डा कार्यक्रममा बोल्दै गुरुङले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा रहेको र त्यसलाई केन्द्रित गरेर नेकपाले उत्पादनमुखी अर्थतन्त्रलाई […]Read More
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार हालसम्म कुल १५ जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम सम्पन्न भएको छ। मतपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा जारी छ। डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, सल्यान, जाजरकोटको प्रत्यक्षतर्फको मतपत्र […]Read More
काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं. १० को चुनावी माहोल रोचक बनेको छ। यो क्षेत्रमा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेसको बलियो पकड मानिँदै आएको यस क्षेत्रमा पछिल्ला वर्षहरूमा […]Read More
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनलाई नियन्त्रण गर्न तीव्रताका साथ आफ्ना गतिविधि अगाडि बढाएको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउनका लागि निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याएको छ । आचारसंहिताको पूर्ण पालनाका गराउन आयोगले सरोकारवाला सबै पक्षलाई ध्यानाकर्षण गराउँदै आएको छ । केन्द्रीय आचारसंहिता अनुगमन […]Read More
काठमाडौँ । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एकताको नाममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले झुट बोलेको आरोप लगाएका छन्। शुक्रबार काठमाडौँमा आयोजित ध्रुवीकरण कार्यक्रममा बोल्दै विप्लवले आफूहरू एकतामा नआएको भन्ने प्रचण्डको अभिव्यक्ति तथ्यहीन र भ्रामक रहेको बताए। उनले प्रचण्डले गरेको एकता तथा ध्रुवीकरणको आह्वान क्रान्तिकारी मर्म र भावनाबाट विचलित भएको […]Read More
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र संकल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताएकी छिन् । सहिद दिवसका अवसरमा उनले आज जारी गरेको शुभकामना सन्देशमा नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सबै सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेकी छिन् । सन्देशमा भनिएको छ, “उहाँहरूको साहस, चेतना र संकल्पकै […]Read More
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ। आयोगले सातवटै प्रदेश मातहतका जिल्लाको मतपत्रको नमूना सार्वजनिक गरेको छ। त्यसमा एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अर्को प्रकारको मतपत्रको नमूनासमेत […]Read More
काठमाडौँ, । विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस मनाइँदैछ । देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ । नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने […]Read More
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमण स्वीकृत भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेल सहभागी रहने प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । आगामी आइतबार (माघ १८) गते पौडेल जापान भ्रमणमा जाँदैछन् । माघ १८ देखि २१ गतेसम्म जापानमा आयोजना हुने कार्यक्रममा पौडेल सहभागी हुनेछन् । नेपाल–जापान […]Read More
