नेपाल सरकारका उच्च पदस्त अधिकारी सहितको टोलीद्धारा मकवानपुर र चितवनका साना किसान कृषि सहकारी संस्थाहरुको अवलोकन भ्रमण सम्पन्न
काठमाण्डौ । नेपाल सरकार भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भूजेल सहितको उच्च पदस्त पदाधिकारीहरुको टोलिले मकवानपुर र चितवनका साना किसान कृषि सहकारी संस्था लि. हरुको स्थलगत अवालोकन भ्रमण गरेको छ ।
सचिव भूजेल सहित सहकारी विभागका उपरजिष्ट्रार शशि कुमार लम्साल, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि। का अध्यक्ष खेम बहादुर पाठक, नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. का अध्यक्ष एकराज उप्रेती, संघका प्रवन्धक (प्रशासन तथा लेखा) दीपक लोहनी र लेखा सहायक दिया श्रेष्ठ सहितको टोलिले २०८२।११।०६ गते साना किसान कृषि सहकारी संस्था लि. बसामाडी, मकवानपुरको अवलोकन भ्रमण गर्नुभएको थियो ।

यसक्रममा कृषि तथा पशुपालक कार्यक्रम, एग्रोभेट, सहकारी खेती, कस्टम हायरिङ सेन्टर, दुध संकलन केन्द्र, सामाजिक सामुदायीक कार्यक्रमका बारेमा जानकारी लिनु भएको थियो ।
यस क्रममा संस्थाका प्रतिनिधि र किसानहरुले राखेका जिज्ञासा तथा समस्याका बारेमा सचिव लगायतका उच्च पदस्त अधिकारीहरुले सहजिकरण गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
यसैगरी टोलिले साना किसान कृषि सहकारी संस्था लि. मनहरी, मकवानपुरमा पनि अवलोकन भ्रमण गर्नुभएको थियो । उक्त क्रममा कृषि तथा पशुपालक कार्यक्रम, एग्रोभेट, कस्टम हायरिङ सेन्टर, दुध संकलन केन्द्र, सामाजिक समुदायीक कार्यक्रम लगायतका बारेमा जानकारी लिनुका साथै भोगिरहेको समस्या र समाधानका विषयमा छलफल गर्नुभएको थियो ।
यसैक्रममा भ्रमण टोलिले साना किसान कृषि सहकारी संस्था लि. पिप्ले, चितवनको कृषि तथा पशुपालक कार्यक्रम, तेल मिल, सहकारी खेती, वीउ उत्पादन, कस्टम हायरिङ सेन्टर, सामाजिक सामुदायीक कार्यक्रम लगायतका कार्यक्रम अवलोकन गर्नुका साथै संस्थाका प्रतिनिधि र किसानहरुसंग अन्तरक्रिया गर्नुभएको थियो ।
भ्रमण टोलिले साना किसान कृषि सहकारी संस्था लि. विरेन्द्रनगर, चितवनले सञ्चालन गरिरहेका कृषि तथा पशुपालक कार्यक्रम, वीउ उत्पादन केन्द्र, चामल मिल, सामाजिक सामुदायीक कार्यक्रम र महिला साना किसान कृषि सहकारी संस्था लि. कठार, चितवनले सञ्चालन गरेका कृषि तथा पशुपालक कार्यक्रम, चामल मिल, सहकारी खेती, सामाजिक सामुदायीक कार्यक्रमको पनि अवलोकन भ्रमण गर्नुका साथै अन्तरक्रिया कार्यक्रम गर्नुभएको थियो ।

यसैगरी भ्रमण टोलिले २०८२।११।०७ गते साना किसान कृषि सहकारी संस्था लि. कुमरोज, चितवनले सञ्चालन गरेको कृषि तथा पशुपालक कार्यक्रम, चामल मिल, सहकारी खेती, वीउको श्रोत केन्द्र, तेल मिल, कस्टम हायरिङ सेन्टर, सिचाई योजना, वन संरक्षण, सामाजिक सामुदायीक कार्यक्रमको अवलोकन भ्रमण गर्नुभएको थियो ।
उहाँहरुले संघको तालिम तथा अनुन्धान केन्द्र टरौली, चितवनको वर्तमान अवस्था र अगामी दिनमा यस तालिम केन्द्रलाई अझै प्रभावकारी रुपमा सञ्चालन के गर्न सकिन्छ भन्ने विषयमा समेत अन्तरक्रिया तथा छलफल गर्नुभएको थियो ।
यस क्रममा तालिम केन्द्रमा रहेका भौतिक संरचना, टनेल, कृषि उत्पादन, तलिम सञ्चालन बारे उहाँहरुलाई जानकारी गराइएको थियो ।
समग्रमा भ्रमणका क्रममा संस्थाका प्रतिनिधिहरुले अहिले सहकारी नियमन प्राधिकणले सूचिकणका लागि गरेको अनुरोधका विषयमा प्रश्नहरु गरेका थिए ।
यस विषयमा सचिव भुजेल तथा उपरजिष्ट्रार लम्साल लगायतले कृषि सहकारीको विषयमा छलफल गर्न तयार रहेको प्रतिक्रिया दिनुभएको थियो ।
भ्रमणका क्रममा विषेशगरी कृषि सहकारी संस्थालाई बचत ऋण सहकारी संस्थाको रुपमा लिन नहुने, कृषि सहकारी संस्था नियमनको लागि छुट्टै नियम तथा नियमनकारीको व्यवस्था हुन पर्ने, सहकारी नियमन प्राधिकरणमा दर्ता गर्न कृषि सहकारीरी संस्थालाई अनिवार्य गर्न नहुने, कृषि सहकारीले कृषि कार्यकोलागि आवश्यक जग्गा खरिद गर्न हदबन्दिको व्यवस्था गर्नु नहुने, कृषि सहकारीको कृषिमा भएको लगानीको आधारमा कारोवार गणना गर्नु पर्ने, मूख्य कारोवारलाई पुर्नपरिभाषित गर्नु पर्ने, सञ्चालकहरुले पनि ऋण लिन पाउने व्यवस्था गर्नु पर्ने र कृषि बजारको व्यवस्था गरिदिनु पर्ने लगायतका माग गर्नुभएको थियो ।
