एमालेको झण्डा जलाइएको घटनालाई अपराधजन्य कार्य भन्दै एमालेद्वारा कडा विज्ञप्ति जारी

 एमालेको झण्डा जलाइएको घटनालाई अपराधजन्य कार्य भन्दै एमालेद्वारा कडा विज्ञप्ति जारी

काठमाडौँ । नेकपा एमालेले देश जलाउनेहरूले नै आफ्नो पार्टीको झण्डा जलाएको आरोप लगाएको छ।

शुक्रबार एमालेको निर्वाचन परिचालन समितिका प्रेस संयोजक मीनबहादुर शाहीले विज्ञप्ति जारी गर्दै दाङमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले आफ्नो पार्टीको झण्डा जलाएको आरोप लगाएका हुन्।

एमालेले झण्डा जलाउने कार्यको भर्त्सना गर्दै उक्त कार्य लोकतन्त्र, संविधान र राज्यविरुद्धको अपराध भएको जनाएको छ।

‘रास्वपाका कार्यकर्ताले गरेको यो शैली राज्य, जनता, लोकतन्त्र र संविधानविरूद्धको अपराधजन्य कार्य हो। हाम्रो पार्टीले फागुन २१ को चुनाव ‘देश जलाउने र बनाउने ‘बीचको जनमत सङ्ग्रह हो भनिरहेकै बेला उनै देश जलाउनेहरूले देश बनाउने नारा अघि सारेको एमालेको आस्थाको पुञ्ज ‘सूर्य’ ध्वजावाहक झण्डा जलाएको घटना संयोग मात्रै होइन,’ विज्ञप्तिमा उल्लेख छ।

रास्वपाले भने शुक्रबार विज्ञप्ति जारी गरेर एमालेको झण्डा जलाउने कार्यमा आफ्नो संलग्नता नरहेको जनाएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *