सुनको मूल्य एकैदिन ५ हजार ६ सयले बढ्यो

 सुनको मूल्य एकैदिन ५ हजार ६ सयले बढ्यो

काठमाडौँ । नेपाली बजारमा कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य तोलामै ३७५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ५ हजार ४२५ रुपैयाँ पुगेको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *