कुनै पनि हालतमा निर्वाचन हुन्छ, बिथोल्ने प्रयास असफल हुन्छ :आयुक्त भण्डारी

 कुनै पनि हालतमा निर्वाचन हुन्छ, बिथोल्ने प्रयास असफल हुन्छ :आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयाेगका नि. प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी प्रमुख रामप्रसाद भण्डारी निर्वाचन ताेकिएकै मितिमा जसरी पनि हुने बताएका छन्।

कतिपय उम्मेदवार नै निर्वाचन फागुन २१ मा हुँदैन कि भन्ने आशंकामा रहेकाे भन्दै उनले अब कुनै आशंकामा नरहन आग्रह गरे।

आइतबार काठमाडौँमा भएकाे एक कार्यक्रममा भण्डारीले केही कुण्ठित उदेश्य बाेकेका व्यक्तिहरूले फागुन १९/२० गते देखाइदिने जस्ता चुनाैति दिए पनि त्यस्ता कुण्ठित उदेश्य पूरा नहुने बताए।

´१९/२० गते देखाइदिने र निर्वाचन नहुने जस्ता केही कुण्ठित उदेश्य बाेकेकाहरूले भनेकाे सुनिन्छ। तर अब त्यस्ता कुण्ठित उदेश्य बाेकेकालाई नेपाली जनताले मान्ने छैनन्’ उनले भने, ‘त्यसैले अब जसरी पनि निर्वाचन हुन्छ।’

उनले विशेष परिस्थितिमा निर्वाचन हुन लागेकाे भन्दै निर्वाचनकाे विकल्प नभएकाे पनि बताए। अब कसैले पनि निर्वाचन बिथाेल्न नसक्ने र निर्वाचन बिथोल्ने गतिविधिमा संलग्नलाई सरकारलाई हेरिरहेकाे उनकाे भनाइ छ।

निर्वाचनकाे सम्पूर्ण तयारी भएकाे भन्दै भण्डारीले निर्वाचन बिथोल्ने प्रयास नगर्न चेतावनी पनि दिए।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *