टी–२० विश्वकप: न्युजिल्यान्डको शानदार जितसँगै श्रीलंकाको यात्रा समाप्त

 टी–२० विश्वकप: न्युजिल्यान्डको शानदार जितसँगै श्रीलंकाको यात्रा समाप्त

New Zealand’s Glenn Phillips plays a shot during the T20 World Cup cricket match between Sri Lanka and New Zealand in Colombo, Sri Lanka, Wednesday, Feb. 25, 2026. (AP Photo/Eranga Jayawardena)

काठमाडौँ । घरेलु मैदानको साथ र समर्थकको उत्साह हुँदाहुँदै पनि सहआयोजक श्रीलंकाको विश्वकप यात्रा सुपर–८ चरणमै टुंगिएको छ । बुधबार भएको निर्णायक खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित भएपछि श्रीलंका एक खेल बाँकी रहँदै प्रतियोगिताबाट बाहिरिएको हो ।

१६९ रनको लक्ष्य पछ्याएको श्रीलंकाले सुरुआतदेखि नै दबाबमा पर्यो । टोली २० ओभरमा ८ विकेटको क्षतिमा १०७ रनमै सीमित भयो । कामिन्दु मेन्डिसले सर्वाधिक ३१ रन बनाए पनि टोलीलाई जिततर्फ डोर्‍याउन पर्याप्त भएन । दुनिथ वेलालगेले २९, कुसल मेन्डिसले ११ र पवन रथ्नायकेले १० ले दोहोरो अंक छुए पनि साझेदारी लामो टिक्न सकेन ।

न्युजिल्यान्डका लागि रचिन रविन्द्रले ४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए । म्याट हेनरीले २ ओभरमा १ मेडन राख्दै ३ रन मात्र दिएर २ विकेट लिए । कप्तान मिचेल सान्टनर र ग्लेन फिलिप्सले १–१ विकेट थपे।

यसअघि टस हारेर ब्याटिङ थालेको न्युजिल्यान्ड पनि सहज अवस्थामा भने थिएन । ८४ रनमा ६ विकेट गुमाएपछि टोली दबाबमा परेको थियो । तर कप्तान मिचेल सान्टनर र कोल मेकोन्चीले सातौँ विकेटका लागि ८४ रनको महत्वपूर्ण साझेदारी गरेछि न्युजिल्याण्ड बलियो अवस्थामा पुगेको थियो । सान्टनर २६ बलमा ४७ रन बनाउँदै अन्तिम बलमा आउट भए भने मेकोन्ची २३ बलमा ३१ रनमा अविजित रहे ।

रचिन रविन्द्र ३२, फिन एलेन २८ र ग्लेन फिलिप्स १८ रनमा आउट भए । श्रीलंकाका महीश थिक्साना र दुश्मान्था चमीराले ३–३ विकेट लिए पनि निर्णायक क्षणमा रन रोक्न नसक्दा टोली महँगो साबित भयो।

न्युजिल्यान्डले महत्वपूर्ण जितसँगै सेमिफाइनल दौड बलियो बनाएको छ ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *