नेपाल चेम्बर अफ कमर्सद्वारा व्यवसायमा सफल सन्देश राजभण्डारी सिड्नी प्रतिनिधिमा नियुक्त
काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले व्यवसायिक क्षेत्रमा सफल योगदान पुर्याएको भन्दै सन्देश राजभण्डारीलाई अष्ट्रेलियाको सिड्नीका लागि मानार्थ व्यापार प्रतिनिधि (Honorary Trade Representative) पदमा नियुक्त गरेको छ ।
उक्त प्रमाणपत्रमा राजभण्डारीलाई सिड्नी अष्ट्रेलियाका लागि चेम्बरको प्रतिनिधिका रूपमा नियुक्त गरिएको उल्लेख छ।
नेपाल र अष्ट्रेलियाबीच व्यापार तथा लगानी प्रवर्द्धन, व्यवसायिक सम्बन्ध विस्तार तथा नेपाली व्यवसायीको हित संरक्षणमा राजभण्डारीले भूमिका खेल्ने विश्वास चेम्बरले व्यक्त गरेको छ।
राजभण्डारीको नियुक्तिलाई व्यवसायिक क्षेत्रमा हासिल सफलताको कदरका रूपमा हेरिएको छ। व्यास नगरपालिका-२ दमौली निवासी राजभण्डारी हाल सिड्नीमा सफल व्यवसायीका रुपमा चिनिन्छन् ।
