सुनको मूल्य घट्दा चाँदीको भाउ उकालो

 सुनको मूल्य घट्दा चाँदीको भाउ उकालो

काठमाडौँ । स्थानीय बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ५०० रूपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ३ लाख १४ हजार ९०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला ३ लाख १५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको मूल्य भने तोलामा १५ रूपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ५ हजार ७४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला ५ हजार ७२५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *