प्रधानमन्त्री कार्कीद्वारा जनकपुरस्थित जानकी मन्दिरमा पूजाअर्चना
काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित जानकी मन्दिरको दर्शन गरेकी छन्।
निर्वाचन सम्पन्न भएपछि देशका बिभिन्न स्थानको भ्रमणमा निस्किएकी प्रधानमन्त्री कार्कीले शुक्रबार जानकी मन्दिरको दर्शनका साथै पूजा अर्चना गरेकी हुन्। सो क्रममा प्रधानमन्त्री कार्कीले जानकी मन्दिर परिसरमा रहेको सीता राम मन्दिरमा दर्शन गरि कीर्तनमा समेत सहभागी भएकी थिइन्।
जानकी मन्दिरको दर्शन गरेपछि उनले शान्ति महशुस भएको संक्षिप्त प्रतिक्रिया दिइन्।
त्यसअघि प्रधानमन्त्री कार्की निर्वाचन सफल पार्न भूमिका खेल्ने कर्मचारी, सुरक्षाकर्मी, स्थानीय सबैलाई धन्यवाद दिन बिहीबार कर्णाली पुगेकी थिइन्।
