जेनजी आन्दोलनका घाइतेको वर्गीकरणका लागि अन्तिम सूचना

 जेनजी आन्दोलनका घाइतेको वर्गीकरणका लागि अन्तिम सूचना

काठमाडौं — जिल्ला प्रशासन कार्यालय काठमाडौं ले बिहिवार एक सुचना जारी गर्दै जेनजी आन्दोलनका क्रममा घाइते भई वर्गीकरण प्रक्रियामा छुटेका व्यक्तिहरूलाई अन्तिम पटक मौका दिएको छ।

कार्यालयले सूचनामा आगामी चैत २० गते सम्म अन्तिम पटकको लागि वर्गीकरण कार्य गरिने जनाएको हो । यसअघि विभिन्न कारणले प्रक्रियामा सहभागी हुन नसकेका घाइतेहरूलाई लक्षित गर्दै यस्तो अवसर प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजाल ले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालयका अनुसार, वर्गीकरण प्रक्रियामा सहभागी हुन इच्छुक घाइतेहरूले चैत २० गते शुक्रबार दिउँसो १२ बजेसम्म कार्यालयमा उपस्थित हुनुपर्नेछ । सहभागी हुँदा उपचार तथा स्वास्थ्य परीक्षणसँग सम्बन्धित सक्कल कागजात, जेनजी घाइते परिचयपत्र अनिवार्य रूपमा ल्याउनुपर्ने र घाइते व्यक्ति स्वयं उपस्थित हुनुपर्ने प्रशासनले स्पष्ट पारेको छ।

कार्यालयका अनुसार ‘जेनजी प्रदर्शनका घाइतेहरूको वर्गीकरण सम्बन्धी कार्यविधि, २०८२’ बमोजिम प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको समितिले यसअघि नै अधिकांश घाइतेहरूको वर्गीकरण टुंग्याइसकेको छ। यसअघि मंसिर ५, मंसिर १२ र माघ १८ गते पनि वर्गीकरण कार्य सम्पन्न भइसकेको जनाइएको छ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *