सुनको मूल्यमा पहिरो: एकैदिन तोलामा ७ हजार ८ सयले घट्यो

 सुनको मूल्यमा पहिरो: एकैदिन तोलामा ७ हजार ८ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार (चैत ६) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ७८ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ९४ हजार ५०० रुपैयाँ कायम छ । बिहीबार (चैत ५) छापावाल सुन प्रतितोला तीन लाख दुई हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ११५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य तोलाको चार हजार ८९५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला पाँच हजार १० रुपैयाँमा कारोबार भएको थियो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *