श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रमुख सचेतको सुविधाबाट बन्चित हुने
काठमाडौं । फागुन २१ मा सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनपछि ६ वटा दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन् । उक्त निर्वाचनमा प्रत्यक्षतर्फ ६ दलले कम्तीमा १ सिट र समानुपातिकतर्फ ३ प्रतिशत मत प्राप्त गर्ने कानुनी मापदण्ड पूरा गर्दै यी दलहरूले राष्ट्रिय दलको हैसियत बनाएका हुन्।
यसरी राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने दलहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी रहेका छन् ।
यद्यपि, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय दलको मान्यता प्राप्त गरेता पनि प्रमुख सचेतको सुविधा भने पाउने छैनन् । सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७३ अनुसार प्रमुख सचेतकको सुविधा प्राप्त गर्न कम्तिमा सिट आवश्यक पर्ने व्यवस्था छ।
उक्त ऐनको दफा २ (ञ) अनुसार प्रतिनिधिसभामा १० भन्दा बढी सदस्य भएका दलले मात्र प्रमुख सचेतक नियुक्त गर्न पाउने व्यवस्था रहेको छ। तर श्रम संस्कृति पार्टी (७ सिट) र राष्ट्रिय प्रजातन्त्र पार्टी (५ सिट) संख्या मात्र जितेका हुनाले प्रमुख सचेतकको सुविधा प्राप्त गर्न काट बन्चित भएका हुन ।
फागुन २१ को प्रतिनिधि सभाको र्निवाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी १८२ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ त्यस्तै नेपाली कांग्रेस ३८, नेकपा एमाले २५ र नेपाली कम्युनिस्ट पार्टी १७ सिटसहित पछि परेका छन् ।
१० भन्दा बढी सांसद भएका दलका प्रमुख सचेतकहरूले सवारी सुविधा, कार्यालय, कर्मचारी र मासिक १५ हजार रुपैयाँ अतिथि सत्कार खर्च लगायतका सुविधा पाउने व्यवस्था सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७३ मा रहेको छ ।
