वरिष्ठ अर्थविद् केशव आचार्यको ७२ वर्षको उमेरमा निधन
काठमाडौँ । वरिष्ठ अर्थविद् केशव आचार्यको ७२ वर्षको उमेरमा निधन भएको छ। परिवारका अनुसार उनको सोमबार बिहान ९:५५ बजे अन्नपूर्ण न्यूरो हस्पिटलमा उपचारका क्रममा निधन भएको हो।
केही दिनअघि मस्तिष्कघात भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो। उनका भाइ मदन आचार्यले दिएको जानकारीअनुसार पार्थिव शरीरको अन्त्येष्टि मंगलबार पशुपति आर्यघाटमा गरिनेछ।
नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशकका रूपमा काम गरिसकेका आचार्य पछिल्लो समय देशको वित्तीय अवस्था र आर्थिक सुशासनका विषयमा सक्रिय रूपमा धारणा राख्दै आएका थिए।
उनका परिवारमा श्रीमती, एक छोरा र एक छोरी रहेका छन्।
